चालु आर्थिक वर्षको पहिलो आठ महिनामा देशमा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८ दशमलव ३ प्रतिशतले वृद्धि भएको थियो।
अमेरिकी डलरको आध...}
काठमाडौं — तीनकुनेमा चैत १५ गते राजसंस्थाको पुनःस्थापनाका पक्षमा भएको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गर्न नागरिक समाजको पहलमा ‘नागरिक छानबिन आयोग’ गठन गरिएको छ। संयुक्त जनआन्दोलन परिचालन समितिको संयोजनमा गठित आयोगको संयोजकमा वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपाली छन्।...}
काठमाडौं — एसियाली विकास बैंक (एडिबी) ले आगामी वर्ष २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने अनुमान गरेको छ। बुधबार सार्वजनिक गरिएको 'एसियन डेभलपमेन्ट आउटलुक–२०२५' प्रतिवेदनमार्फत एडिबीले एसिया र प्रशान्त क्षेत्रका विभिन्न देशहरूको आर्थिक वृद्धि र मुद्रास्फीतिको प्रक्षेपण...}
काठमाडौं — बुधवार दिनभर तीव्र उतारचढाव देखिएको सेयर बजार कारोबारको अन्तिम समयमा भने ९.६६ अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २६७६.२८ अंकमा पुगेर बन्द भएको हो।
बजार खुल्नेबित्तिकै थोरै अंकले बढेको नेप्से ११:१५ बजे घटेर २६७३.२३ अंकमा झरेको थियो। त्यसपछि उकालो लाग्दै ११:४४...}
काठमाडौं– आगामी वैशाखमा हुने कोशी प्रदेश लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको कोशी प्रदेश लगानी प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइरालाका अनुसार लगानी सम...}
ओखलढुंगा — ओखलढुंगाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित महत्त्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिकाबाट पारित निर्णयअनुसार अब गाउँपालिका क्षेत्रभित्र कार्यरत सरकारी शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरूले आफ्ना सन्तान अनिवार्य रूपमा सामुदायिक व...}
काठमाडौँ — सरकारको अगुवाइमा डोल्पा जिल्लामा ठूलो जलासययुक्त जलविद्युत् आयोजना निर्माणको तयारी सुरु भएको छ। विद्युत् विभागले प्रस्तावित ३२८ मेगावाट क्षमताको भारबुंग जलविद्युत् आयोजना अघि बढाउने प्रक्रिया सुरु गरेको हो।
आयोजनाको सुरुवाती चरणमा अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन...}
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक...}
काठमाडौँ — सहकारी संस्थामा व्यक्तिगत बचतकर्ताका लागि तोकिएको बचतको सीमा हटाइएको छ। सरकारद्वारा पुस महिनामा जारी गरिएको अध्यादेशमा प्रतिव्यक्ति निक्षेपको सीमा तोकिएको भए पनि त्यसलाई प्रतिस्थापन गर्दै कार्यान्वयनमा ल्याइएको नयाँ सहकारी ऐनबाट उक्त व्यवस्था हटाइएको हो। नयाँ ऐनमा अब सहकारीको प्राथम...}
काठमाडौं । लोकप्रिय सर्जक तथा गायक बद्री सापकोटाको नयाँ गीत ‘ढोगदिया’ लै भर्खर सार्वजनिक भएको छ र छोटो समयमै निकै चर्चित बन्न सफल भएको छ।
सामाजिक सञ्जालमा यो गीतले उल्लेखनीय चर्चा पाएको छ। गीतमा बद्री सापकोटा र शान्ता रानी परियारको स्वर रहेको छ। लय तथा शब्द सिर्जनामा पनि बद्री सापकोटा...}