नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

काठमाडौं -  नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ बुधबार प्रि अल्लोटमेन्ट सम्पन्न भएको छ । बिक्री प्रबन्धक  प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार बुधबार पहिलो चरणको बाँडफाँड सम्पन्न भएको हो । 

कम्पनीले भोलि शुक्रबार आइपीओ को बाँडफाँड समेत गर्ने छ । बिहान ११ बजे क्यापिटल को कार्यालयमा बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । 

लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पुँजी २५ करोड ७० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख  रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनमा गरेको थियो ।

जसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरमा सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो ।

फागुन ११ गतेदेखि १५ गतेसम्म जारी आईपीओमा अन्तिम दिनसम्म २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता शेयरको लागि आवेदन परेको बिक्री प्रवन्धक ग्लोबल आईएमई एस क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया