यो वर्षको चर्चित तीज गीत बन्यो भूमिकाको ‘दिम्की नदिम’, टिकटकदेखि युट्युबसम्म लोकप्रिय

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा ‘स्टेज क्विन’का रूपमा परिचित गायिका भूमिका गिरीको तीज गीत ‘दिम्की नदिम’ यस वर्षको सर्वाधिक चर्चित गीतमध्ये एक बनेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले टिकटक र युट्युब दुवै माध्यममा उल्लेखनीय लोकप्रियता हासिल गरेको छ।

डान्सिङ बिटका गीतमार्फत आफ्नो छुट्टै पहिचान बनाएकी भूमिका गिरी देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रमहरूमा व्यस्त रहँदै आएकी छन्। यस वर्ष हरितालिका तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘दिम्की नदिम’ ले दर्शक–श्रोताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।

गीत सार्वजनिक भएयता टिकटकमा लाखौं भिडियो निर्माण भइसकेका छन् भने युट्युबमा पनि यसले १० लाखभन्दा बढी दर्शकको साथ पाइसकेको छ। व्यावसायिक रूपमा पनि गीतले राम्रो सफलता हासिल गरिरहेको छ।

गीतले अपेक्षाभन्दा धेरै माया पाउँदा आफू निकै खुसी भएको गायिका भूमिका गिरीले बताएकी छन्। दर्शक–श्रोताको सकारात्मक प्रतिक्रिया नै आफ्नो मेहनतको प्रतिफल भएको उनको भनाइ छ।

गीतमा ऋषि खड्काको शब्द तथा लय रहेको छ भने भिडियोको निर्देशन विनोद भण्डारीले गरेका छन्। म्युजिक भिडियोमा जुना विश्वकर्मा र डोना थापा मगरको आकर्षक नृत्य प्रस्तुत गरिएको छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय