अक्वा फ्रिडम नाम गरेको पिउने पानीको जारमा किरा फेला परेको छ । काठमाडौँ जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका मुलपानी–८ स्थित सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित अक्वा फ्रिडमको शिलबन्द जारको पानीमा किरा फेला परेको हो ।
गुणस्तरहीन पानीको उत्पादन एवम् विक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमाथि गम्भी...}
धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् ।
सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो ।
जिल्लाका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई...}
जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो ।
जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजील्याण्ड...}
नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा बन्द भएको छ । हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाइ कोभिड १९ सक्रमण देखिएपछि सो सेवा केही दिनका लागि बन्द भएको हो ।
विद्युत प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘कोरोनाका कारण कार्यालय सिल गर्नु परेकोले हटलाइन सेवा ११५० केहि दिनको लागी वन्द गरिएको व्यहोरा जान...}
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश नम्बर ५ काे प्रदेश सभामा आफ्नो दलका सांसदले गरेको व्यवहार गलत भएको बताउनुभएको छ ।
ट्विटरमार्फत प्रवक्ता शर्माले कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत भएको बताउनुभएको छ । उहाँले राेस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नास्छौँ भन्ने कम...}
व्यापारिक घराना विशाल ग्रुपले आफ्नो आधिकारिक वेभसाइट बन्द गरेको छ । आइतबार साँझसम्म सञ्चालनमा रहेको विशाल ग्रुपको वेबसाइट सोमबार बिहानैदेखि बन्द भएको छ । मंगलबारसम्म पनि सो वेभसाइट खुलेको छैन । बेभसाइटमा अन्डरमेन्टिनेन्स भनेर उल्लेख गरेपनि बिशाल ग्रुप निकट स्रोतकाअनुसार आफ्ना सूचना र आयान डिस्ट्रिब्...}
प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ। प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी कायम भएको हो ।
भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेश...}
देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५५१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५१ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ३४०...}
हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सोमबार स्वाब दिएकामा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो ।
हरिवंश आचार्यका अनुसार उनकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफ्नो सम्पर्कमा आउनेहरुलाई पीसीआर परीक्षण गर्न र होम आइसोले...}
चीनले आफूले विकास गरेको कोभिड १९ विरुद्धको खोपलाई अन्तर्राष्ट्रिय स्तरमा प्रयोगमा ल्याउनेबारे विश्व स्वास्थ्य संगठनसँग कुरा गरेको छ ।
चीनले विकास गरेको खोप यहाँका उच्च जोखिममा रहेका हजारौँ कामदारका लागि दिइएको छ । यद्यपि त्यस खोपको क्लिनिकल परीक्षण पूर्ण रुपमा सम्पन्न भइसकेको थिएन । जुन खोपको विश्वस...}