एक अर्ब भन्दा धेरैको आइपिओ निष्कासन गर्दै साहस ऊर्जा

काठमाडौं–विभिन्न कम्पनीहरुले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गरिरहेको बेला एक कम्पनीले एक अर्ब रुपैयाँ बढीको आइपिओ जारी गर्ने तयारी गरेको छ ।
साहस उर्जा लिमिटेडले १ अर्व ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ । ३५ करोड स्थानीय बासिन्दालाई र ७० करोड सामुहिक लगानी कोष, कर्माचारी र सर्वसाधारणको लागि विनियोजन गरेको कम्पनीले जनाएको छ ।
आइपिओ निष्काशनको अनुमति माग्दै साहज उर्जाले गत मंसिर २४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियोे । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त गरेको छ । धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।
साहस उर्जा लिमिटेडले सोलु खोला (दूधकोशी) जलविद्युत आयोजना ८६ मेगावाटको निमार्ण अघि बढाएको छ । परियोजनाको ५७ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको छ । उक्त परियोजनामा विदेशी लगानी समेत रहेको छ । परियोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा ९ वटा बैंक तथा त्तिीय संस्थाको ८ खर्ब ६५ अर्ब लगानी गरेका छन् । विद्युत् परियोजना निर्माण गर्न करिब ११ खर्ब ८६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया