भ्रष्टाचारमा ओली सरकारले अन्तर्राष्ट्रिय स्तरमै रेकर्ड बनायो – नेता चेम्जोङ

काठमाडौ – अलोकप्रिय बनिरहेको ओली सरकारलाई कटाक्ष गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय नेता रकम चेम्जोङले अहिले सरकार पञ्चायत भन्दा धेरै बदमास रहेको बताउनु भयो ।

शनिबार सो पाटीले सुनसरीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री चेम्जोङले नेकपा पार्टी सत्ता सन्चालनमा असफल भएसँगै आन्तरिक पार्टी समिकरणमा समेत असफल भैसकेको दावी गरेका हुन् ।

भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने ओली सरकारले भ्रष्टाचार र कमिसनको खेलमा अन्तर्राष्ट्रियस्तरमै रेकर्ड बनाएको भन्दै चेम्जोङले सरकारको आलोचना समेत गरे ।

प्रतिक्रिया