काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुँइटेल नियुक्त भएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। लुँइटेल यसअघि तारागाउँ विकास समितिको सदस्य सचिवको जिम्मेवारी सम...}
काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए।
घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दो...}
पर्सा - चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। उक्त अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा पेट...}
काठमाडौं - काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर भत्काएको छ। महानगरले गुठी संस्थानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउन पटक-पटक सूचना दिएको भए पनि अटेर गरेपछि बाध्य भएर डोजर चलाइएको जनाएको छ।
तर, त्यहाँ रहेका नागरिकले भने कुनै पूर्वसूचना नदिई...}
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पुनः सुधार देखिएको छ। नेप्से परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० अंकमा पुगेको छ, जसले बजारमा सकारात्मक संकेत देखाएको छ।
आज नेप्सेमा ५३ अंकको उतारचढाव देखिए पनि कुल कारोबार रकम भने घटेको छ। आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ४ अ...}
काठमाडौँ — फागुन महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले आइतबार प्रकाशित गरेको वित्तीय विवरणअनुसार हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूले सो रकम बराबरको बीमा शुल्क संकलन गरेका हुन्।
गत वर्षको फागुन महिन...}
काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले घटेको छ। नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ मा झरेको हो। बजारमा आज ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। योसँगै लगातार छैटौं दिन बजार घटेको हो। बीचमा सामान्य वृद्धि भए पनि त्यसअघि लगातार सात दिनसम्म बजार ओरा...}
वीरगञ्ज — वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस कार्यालयलाई चालु वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ।
भन्सार कार्यालयका प्रम...}
काठमाडौं — ग्वार्को ओभरपास निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि कार्य सम्पन्न हुने टुंगो छैन। निर्माणका क्रममा बारम्बार ढिलाइ हुँदा कोटेश्वर–ग्वार्को–सातदोबाटो–कलंकी सडक खण्डमा दैनिक जामको समस्या यथावत् छ।
निर्माण व्यवसायीले वैशाखभित्र काम सक्ने दाबी गरेका छन् भने सडक...}
म्याग्दी — जिल्लाका विभिन्न स्थानमा हिमपात र हिउँदे वर्षा भएको छ, जसले किसानलाई ठूलो राहत प्रदान गरेको छ। लामो समयको खडेरीका कारण हिउँदे गहुँ, जौँ, आलु, सागसब्जी तथा फलफूलखेती प्रभावित बनेका थिए।
रघुगङ्गा गाउँपालिका–३ का किसान नरबहादुर भण्डारीका अनुसार शनिबार दिउँसो जमिन भिज्ने गरी भए...}