मृत्यू भएर दाहासंस्कार गरिएका मोरङका युवा जिउँदै फर्किए

काठमाडौं–वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्र धानेको छ । बेरोजगार युवाहरुको घरपरिवार चलाउन सजिलो भएको छ । वार्षिक करिब आठ खर्ब रुपैयाँ रेमिटेन्स आउँदा अर्थतन्त्र चलायमान भनेको छ ।वैदेशिक रोजगारी भित्र सुखसँगै दुःख र बेदनाका कहालीलाग्दा घटना पनि छन् । त्यस्तै मध्येको एक घटना । वैदेशिक रोजगारीको क्रममा मृत्यु भयो भनेर दाहसंस्कार गरिएका मोरङ बेलबारीका युवा जिउँदै घर फर्किएका छन् ।

घटना कहालीलाग्दो र पीडादायी छ । मृत्यु भयो भनेर दाहसंस्कार गरिएका युवा जिउँदै फर्किए जिउँदै छ भनिएका युवा मृत्यु भएर अर्कै परिवारले दाहासंस्कार ग¥यो । घटना साउदी अरबको को हो । ०७२  साल २४ असार गते साउदी अरबको हुन्डाई कम्पनीका मजदुर मोरङ बेलबारीका सुवास तामाङ र बागलुङका तेजेन्द्र भण्डारीसहित चार जना साउदी अरबको जेद्दा सहरको एउटा एटिएमतर्फ जाँदै थिए ।

एटिएम जाँदा उनीहरू चढेको ट्याक्सीलाई एउटा ट्रकले ठक्कर दियो । यो भयानक दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भयो । गम्भीर चोटग्रस्त र अचेत अवस्थामा दुईजनालाई हेलिकोप्टरमार्फत अब्दुलअजिज अस्पताल पुर्याइयो । अस्पताल पुगेको भोलिपल्ट एकजनाको मृत्यु भयो । अस्पतालले खबर गरेपछि हुन्डाईका प्रतिनिधि अस्पताल पुगे । उनीहरूले भने, यो शव त सुवास तामाङको हो । अस्पतालले सुवासको मृत्यु भएको प्रमाणपत्र बनाइदियो । २८ दिनपछि शव नेपाल पठाइयो । त्यसपछि सुवासका श्रीमति सन्तोषी तामाङले शवलाई लगेर दाहसंस्कार र काजक्रिया गरे ।

तर, सुवास पछि घर फर्किए । दाहसंस्कार गरेको परिवार र आफन्त आश्चार्यमा परे । अस्पताल र कम्पनीको लापरवाहीका कारण यस्तो भएको रहेछ । दुर्घटनामा क्षतविक्षत भएका दुई जना मध्ये अर्को एक जना बाग्लुङको ढोरपाटन नगरपालिका– ६ अधिकारीचोकका तेजेन्द्र भण्डारी थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।

असाबधानी बस मृत्यु भएका तेजेन्द्र भण्डारीको शवलाई सुवासको भनेर पठाए पछि आफन्त पनि झुक्किएका हुन् । दुर्घटनामा परेको शव भएकाले धेरै खोजीनीति भएन । जिउँदै भनेर उपचार भैरहेको भनिएका तेजेन्द्र भण्डारीको मृत्यु भैसकेको थियो । विदेशमा साथिभाई, कम्पनीले सम्बन्धित व्यक्तिलाई नचिन्दा मृत्यु भयो भनिएका सुवास जिउँदै र जिउँदै उपचार गराईरहेका भनिएका तेजेन्द्रको मृत्यु भएको पाइएको छ । लामो समय कोमामा उपचार पछि सुवास घर फर्किए ।

दुर्घटनापछि धेरै घाउचोटपकट लागेकाले पत्तो नपाएका हुन् । अब्दुलअजिज अस्पतालमा रहेका बिरामीको अनुहारको पट्टी खोल्दा मोरङका सुवास त जीवित नै रहेछन । बाग्लुङका तेजेन्द्रको पनि मृत्यु भएको रहेछ । दुवैलाई गम्भीर चोट लागेकाले साथीहरूकोे पहिचानमा ठूलो भूल भयो ।
साथीहरूका लागि यो भूल मात्र थियो, परिवारका लागि त विपत्ति नै । यता मोरङमा अन्त्येष्टि गरिएका सुवास जीवित थिए । जीवित छन् भनेका बाग्लुङका तेजेन्द्रको अन्त्येष्टि भइसकेको थियो । त्यो पनि अर्कै परिवारबाट ।

यता सन्तोषीको पीडा तेजेन्द्रकी आमातर्फ स¥यो । अस्पतालमा उपचाररत छ भनिएको आफ्नो छोराको मृत्यु भएर अर्कै परिवारले अन्त्येष्टि गरेको थियो ।
सुवासको मृत्यु भएको प्रमाणपत्र आएकाले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले साढे नौ लाख रुपैयाँ सुवासका परिवारले बुझे । सुवास कोमाबाट फर्कँदा उनको परिवारले राहत रकमबाट ऋण पनि तिरिसकेको थियो । मृत्यु भएका तेजेन्द्रकी आमाले रकम पाउन सकिनन् ।

प्रतिक्रिया