गायक गणेश अधिकारीको उत्कृष्ट अभिनय सहितको भुँइ मान्छे (भिडियो सहित)

काठमाडौँ — बहुप्रतिभाशाली लोकप्रिय सर्जक तथा गायक गणेश अधिकारीको आवाजमा रहेको नयाँ गीत भर्खरै सार्वजनिक भएको छ। उत्कृष्ट प्रस्तुतीमार्फत दर्शक तथा श्रोता माझ पहिल्यैदेखि लोकप्रिय रहँदै आएका सर्जक अधिकारीको यो पछिल्लो गीत पनि निकै मन छुने बनेको भन्दै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।

गायिका शान्ती श्री परियार र गायक गणेश अधिकारीको आवाज रहेको यस गीतमा शब्द सिर्जना सुनिल केसीले गरेका हुन् भने संगीत संयोजन स्वयं अधिकारीले गरेका छन्।

गीतको म्युजिक भिडियोमा समेत गणेश अधिकारीले मनमोहक अभिनय प्रस्तुत गरेका छन्। अभिनयमा उनलाई गीता चिमोरियाले साथ दिएकी छिन्। भिडियोको निर्देशन स्मृति मिलिसिनाले गरेकी हुन्।

 

प्रतिक्रिया