वैंकिङ प्रणालीमा एभरग्रिनिङको असर: कारोबार खुम्चियो

चालु आर्थिक वर्ष २०८२ सुरु भएको पहिलो सातामै वाणिज्य बैंकहरूको कारोबार घटेको देखिएको छ। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखको पहिलो सातामा मात्र बैंकहरूको निक्षेप २० अर्ब रुपैयाँले र कर्जा २४ अर्ब रुपैयाँले घटेको छ।

यसअघि, चैतको अन्तिम १० दिनमा निक्षेपमा करिब ७४ अर्ब र कर्जामा ४६ अर्ब रुपैयाँको वृद्धिदर देखिएको थियो। तर वैशाख लागेसँगै यो वृद्धिमा गिरावट आएको हो। यसरी वैशाखको पहिलो सातामै कारोबार खुम्चिनु नियमित आर्थिक प्रवृत्ति (seasonal trend) का साथै बैंकरहरूद्वारा त्रैमासिक वित्तीय विवरणलाई राम्रो देखाउने उद्देश्यले गरिएको प्रयासको परिणामसमेत भएको बताइएको छ।

विगतका वर्षहरूमा पनि यही अवधिमा कर्जा र निक्षेप दुवै घट्ने प्रवृत्ति देखिएको थियो। सन् २०७७ साल चैतमा भएको कर्जा विस्तार २०७८ सालको वैशाखदेखि घट्न थालेपछि नेपाली वित्तीय प्रणालीमा चाप देखिन थालिएको थियो।

वर्तमान अवस्थाबारे बैंकर्सहरू भन्छन्— चैत मसान्तमा वित्तीय विवरण राम्रो देखाउन शाखाहरूले चिनजानका ऋणीलाई अस्थायी कर्जा लिन लगाउने र पुराना कर्जा तिर्ने अभ्यास गराउँछन्। यसरी गरिएको 'एभरग्रिनिङ' (evergreening) प्रक्रियाले शाखाका कर्मचारीहरूलाई आफ्नो प्रदर्शन राम्रो देखाउने मौका दिन्छ, जसको प्रभाव चैतको तथ्यांकमा देखिन्छ। तर यस्तो अभ्यासको प्रभाव वैशाख लागेसँगै हट्ने हुँदा कारोबार संकुचित देखिन्छ।

यद्यपि, चालु आर्थिक वर्षको सुरुदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ३ खर्ब ४५ अर्ब रुपैयाँले (६%) बढेर ६१ खर्ब २० अर्ब पुगेको छ। त्यस्तै, कर्जा पनि ३ खर्ब २० अर्ब रुपैयाँले (७%) बढेर ४९ खर्ब १५ अर्ब पुगेको बैंकर्स संघले जनाएको छ।

DATE Deposits (in millions) Loans (in millions)
LCY FCY Total Change LCY FCY Total Change
31 Ashar 2081 5,635 120 5,755 -39 4,524 47 4,571  
32 Shrawan 2081 5,594 122 5,716 -39 4,523 51 4,573 +2
31 Bhadra 2081 5,651 137 5,789 +73 4,575 51 4,626 +53
30 Ashoj 2081 5,774 148 5,922 +133 4,631 51 4,682 +56
30 Kartik 2081 5,754 150 5,904 -19 4,625 55 4,680 -2
30 Mangsir 2081 5,786 151 5,937 +33 4,649 73 4,722 +42
29 Poush 2081 5,830 157 5,988 +51 4,731 85 4,816 +94
30 Magh 2081 5,841 156 5,997 +9 4,736 92 4,828 +12
29 Falgun 2081 5,878 159 6,037 +40 4,768 82 4,851 +23
31 Chaitra 2081 5,962 158 6,120 +83 4,829 86 4,915 +65
05 Baisakh 2082 5,942 158 6,100 -20 4,805 86 4,891 -24

 

प्रतिक्रिया