साताको अन्तिम दिन सेयर बजारमा २६ अंकको उछाल, कारोबार १० अर्ब नाघ्यो

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २६.४९ अंकले बढ्दै २,७२२.७३ विन्दुमा पुगेको छ। कारोबारमा उत्साह देखिँदा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको घटेको छ।

नेप्सेका तथ्याङ्क अनुसार, आज कुल १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर ९० हजारभन्दा बढी पटक किनबेच गरिएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, एचआईडीसीएल, सुपरमादी हाइड्रो र कर्पोरेट डेभलपमेन्ट बैंकलगायत कम्पनीहरू आज धेरै कमाउने शीर्ष सूचीमा परेका छन्।

सूचकको समूहगत विश्लेषण गर्दा व्यापार समूहबाहेक सबै समूहमा हरियाली देखिएको छ। व्यापार समूह ०.१५ प्रतिशतले घटेको हो भने लगानी समूहले सबैभन्दा बढी २.९९ प्रतिशतको उछाल लिएको छ।

प्रतिक्रिया