काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज नौ दशमलव ९६ अंकको गिरावट आएको छ। सूचकांक शून्य दशमलव ३६ प्रतिशतले घट्दै २,६८८.३२ विन्दुमा झरेको हो। आजको दिन ३१९ कम्पनीका २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक कारोबार हुँदा कुल कारोबार रकम ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ रुपैयाँ पुगेको छ।
क्षेत्रगत उपसूचकको हिसाबले हेर्दा होटल तथा पर्यटन समूह ०.७९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.१८ प्रतिशत र अन्य समूह २.२१ प्रतिशतले उकालो लागेका छन् भने बाँकी सबै समूहका उपसूचक ओरालो लागेका छन्। नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको शेयर किनबेच भएको छ, जसको कारोबार मूल्य ४४ अर्ब ६० करोड ३७ लाख ९४६ रुपैयाँ रहेको छ। कारोबार संख्याका आधारमा हेर्दा एनएमबी सुलभ इन्टेष्टमेन्ट फन्ड–२ का १८ लाख १७ हजार १७५ कित्ता शेयर किनबेच भएका छन्।