काठमाडौँ । छोटो समयमा अभिनय क्षेत्रमै सफलता हासिल गर्दै आएका युवा मोडल अशोक पौडेलको अभिनय रहेको नयाँ गीत ‘आर्यघाटैमा’ सार्वजनिक भएको छ।
जीवन भोगाइको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको यस गीतको अडियो तथा भिडियो दुवै पक्ष प्रभावशाली बनेका छन्। गीतमा सुनिता बुढा क्षेत्री र विमल अधिकारीको स्वर रहेको छ। गीतका शब्द श्रीधर अधिकारी र विमल अधिकारीले सिर्जना गरेका हुन् भने संगीत संयोजन मदन केसीले गरेका छन्।
गीतको भिडियोमा अशोक पौडेल र रचन न्यौपानेले अभिनय गरेका छन्। निर्देशन जेरि भण्डारीले गरेका छन्।
गीतमा अशोकले आर्यघाटमा देखाएको अभिनयले दर्शकलाई भावुक बनाएको छ।