उपमेयर चौधरीको आमा बन्ने सपना अधुरै रह्यो,४० बर्षको उमेरमा गर्भको बच्चासहित कोरोनाले ज्यान लियो

काठमाण्डौ – कोरोना महामारीले यतिबेला नेपाललाई थला पारिरहेको छ । पहिलो चरणको संक्रमण भन्दा आक्रामक देखिएको यो पटकको संक्रमले सबै उमेर समूहका मानिसको सिकार बनाइरहेको छ ।

यसै विच कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान ज्यान गएको पारिबारिक स्रोतले जानकारी दिएको छ ।

दुई हप्ता देखि रुघा,खोकी र ज्योरोले सिकिस्त चौधरीको उपचारकै क्रममा ज्यान गएको हो । उनको उमेर केवल ४० बर्ष मात्र थियो । उनी गर्भवती समेत रहेको खुल्न आएको छ । विगत दश दिन देखी उनको आइसियुमा राखेर उपचार गरिएको थियो ।

उपमेयर चौधरीको आमा बन्ने सपना अधुरै रह्यो,४० बर्षको उमेरमा कोरोनाले ज्यान लियो

प्रतिक्रिया