रसुवा बाढीमा १३ हजारभन्दा बढीको उद्धार, ५ हजार अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो।

प्राधिकरणका अनुसार बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार २८७ जनाको शव संकलन गरिएको छ। यस्तै, ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।

बाढी प्रभावित तथा घाइतेमध्ये विभिन्न अस्पतालमा ५ हजार ३९७ जनाको उपचार भइरहेको छ। उद्धार गरिएकामध्ये नुवाकोट, धादिङ र रसुवाका विभिन्न होल्डिङ सेन्टरमा ४ हजार ५२१ जनालाई राखिएको प्राधिकरणले जनाएको छ।

प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्रता दिन २१ हजार ४२१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय