नेप्से ४.६६ अंकले बढ्यो, ३ अर्ब ४६ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ४.६६ अंकले बढेर २,५४२.७७ विन्दुमा पुगेको हो ।

यस दिन १ करोड २१ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये नौ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशतले बढेको छ । व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

अर्कोतर्फ वित्त, जलविद्युत्, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचकमा सामान्य गिरावट आएको छ ।

बिहीबार कारोबार भएका कम्पनीमध्ये १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

मूल्य बढ्ने कम्पनीमध्ये वीन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ । त्यस्तै, चिरखुवा हाइड्रोपावरको ८.५६ प्रतिशत, आशा लघुवित्तको ८.२९ प्रतिशत, माया खोला हाइड्रोपावरको ७.८४ प्रतिशत र माउन्ट एभरेस्ट पावरको ६.४५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४० करोड ९० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १३ करोड रुपैयाँ र सोलु हाइड्रोपावरको १२ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय