भोटेकोशी बाढी : १ हजार २ सय १६ शव फेला, करिब १२ हजारको उद्धार

काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार साँझ ६ बजेसम्म १ हजार २ सय १६ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा २०२ जनाको शव फेला परेको हो।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उद्धार गरिएकामध्ये ३०१ जना घाइते रहेका छन्।

बाढीपछि बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक, उद्धार र घाइतेको संख्या अझै बढ्न सक्ने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय