प्रभु इन्स्योरेन्सको सेयर आजदेखि लिलामी खुल्ला

काठमाडौं– सेयर किन्ने योजनामा हुनुहुन्छ ? त्यसो हो भने प्रभु इन्स्योरेन्सले ७ लाख ३५ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ ।उक्त सेयर खरिद गर्न सक्नुहुन्छ । संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता सेयर कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

प्रभु इन्स्योरेन्सले आजदेखि आवेदन खुल्ला गरेको छ । लगानीकर्ताले आगामि २८ गतेसम्म आवेदन दिन सक्ने इन्स्योरेन्सको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ । उक्त सेयर योग्य व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिएर खरिद गर्न सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रति एक कित्ताको ३५० रुपैयाँ तोकिएको छ । सेयर खरिद प्रतिस्पर्धामा सहभागी हुने खरिदकर्ताले न्यूनतम मूल्य भन्दा माथि हाल्नुपर्नेछ । न्यूनतम न्यूनतम २५ हजार कित्ता भन्दा कमका लागि आवेदन दिन पाइने छैन । २५ हजारदेखि माथि १० अंकले भाग जाने अंकमा अधिकतम सबै कित्ताका लागि समेत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया