नेकपाको विवाद उत्कर्षमा, सरकारमा सहभागी हुन देउवालाई ओलीको प्रस्ताव

काठमाडौं–नेकपाबीच आन्तरिक विवाद चुलिँदै गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । ओलीले देउवासँगको भेटमासहकार्यको प्रस्ताव गर्दै सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच शनिवार भएको भेटवार्तामा आठ मन्त्रालय दिन तयार रहेको समेत बताएको स्रोतको दाबी छ ।

पार्टीभित्र आन्तरिक विवाद चर्कँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सम्बन्ध विस्तार प्रयास गरेका छन् । ओलीले साँचिकै कांग्रेसलाई सरकारमा सहभागी गराउन खोजेका हुन्की अर्का अध्यक्ष प्रचण्डलाई घुर्काएका हुन् यकिन हुन सकेको छैन । प्रचण्डसँग सँगै सहयाता गर्न नसकिने बताएका ओलीले छुट्टिने अवस्था आए कांग्रेससँग सहकार्य गर्न प्रस्ताव गरेको स्रोतको दाबी छ । भेटवार्ताबारे दुवै पक्षले औपचारिक जानकारी गराएका छैनन् ।
ओलीले संवैधानिक नियुक्ति लगायतका विषयमा पनि देउवासँग छलफल गरेको बताइएको छ ।

नेकपाका दुई अध्यक्षबीच पत्रको जुहारी चलेको छ । ओलीले प्रचण्डलाई यस्तै अवस्था रहे अलग अलग पार्टी सञ्चालन गर्ने चेतावनी पनि दिँदै आएका छन् ।

प्रतिक्रिया