सुरेन्द्र पाण्डेमाथि ओली पक्षद्वारा दुव्र्यवहार, माधब नेपालद्वारा आपत्ति

 

चितवन– नेकपा भित्रको विवादमा नेताहरुबीच आरोप प्रत्यारोप चलिरहेका बेला जिल्ला तहमा पनि देखिएको छ । जिल्लामा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई ओली पक्षका कार्यकर्ताले दुव्र्यवहार गरेका छन् ।

पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेर कार्यक्रम विथोल्ने प्रयास गरेका थिए ।

राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा अगुवा कार्यकर्ता भेलामा पाण्डेलाई अभद्र व्यवहार गरेको नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले बताए । कार्यक्रममा पाण्डेले मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नारावाजी गरेका थिए । नारावाजीका कारण केही समय कार्यक्रम अबरुद्ध भएको थियो ।

घटनाको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा भएको अभद्र ब्यवहारको भत्र्सना गरेका छन् । आज एक विज्ञप्ति निकालेर नेपालले सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको बताएका छन् । वरिष्ठ नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिक्रिया