काठमाडौं कोभिडको कारण सबै क्षेत्रमा असर पुगिरहेको अवस्थामा करदाताको वृद्धि पनि हुन सकेको छैन । सरकारले करको दायारा बढाउने नीति लिए पनि पोहोरको तुलनामा करदाताको संख्या घटेका छन् ।
अर्थ मन्त्रालयका अनुसार स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ३५ लाख ३३ हजार ३४ पुगेको छ । कोभिड १९को कारण परिस्थिति सहज हुन नसक्दा करको दायरा विस्तारमा प्रभाव परको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ७२.७ प्रतिशतले घटेको छ । त्यसैगरी, मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाताको संख्या ५१.४ प्रतिशत र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या ५६.३ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ ।
यस अवधिमा दर्ता भएका कुल करदाता मध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १४ लाख १९ हजार ६ सय ५८ (४०.२ प्रतिशत), व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २१ लख ७ हजार दुई सय ९२ (५९.६) प्रतिशत र कर कट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ६ हजार ८४(०.२ प्रतिशत)० पुगेका छन् । यसैगरी मूल्य अभिवृ४ि करमा दर्ता भएका करदाताको संख्या दुई लाख ६६ हजार चार सय ८५ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या एक लाख ९१ पुगेको छ ।
करदाताको संख्या वृद्धि हुन सकेको छैन भने राजस्व संकलनमा पनि भारी गिरावट आएको छ । लक्ष्य अनुसार राजस्व संकलन हुन नसक्दा सरकारलाई दैनिक प्रशासनिक खर्च सञ्चालनमा पनि कठिन भएको छ ।