काठमाडौं–पूँजी बजारमा मुलुकको अर्थतन्त्रको एउटा हिस्सा हो । सेयर बजारमा लगानीकर्ताको विश्वास गुम्दा त्यसले अर्थतन्त्रमा पनि असर पर्छ । जब मुलुकको अर्थमन्त्रीमा डा. युवराज खतिवडा आएका थिए । त्यतिबेला सेयर बजारमा पहिरो गएको थियो । खतिवडाका अभिव्यक्तिले लगानीकर्ता निरास थिए ।
अहिले जब अर्थमन्त्रीको जिम्मेवारी नेकपाका महासचिवव विष्णु पौडेले सम्हाले । त्यसपछि सेयर बजारमा हरियाली देखिएको छ । पछिल्लो साता सेयर बजारमा आएको उछालले अर्थमन्त्री पौडेललाई विश्वास गरेको देखिन्छ । पौडेल अर्थमन्त्री भएपछि निजी क्षेत्रदेखि समसामयिक मुद्दामा सकरात्मक पहल कदमी लिएपछि त्यसको बजार सेयर बजारमा परेको छ । पौडेलको सेयर बजारप्रति सकरात्मक दृष्टिकोण हुने अपेक्षासँगै लगानीकर्ता विश्वस्त देखिएका छन् ।तर, लगानीकर्ता भने अर्थमन्त्रीको कारण सेयर बजारमा उछाल आएको मान्न तयार छैन । उनीहरुको धारणा फरक छ ।
पौडेल अर्थमन्त्रीमा नियुक्त भएको दोस्रो दिनदेखि नै सेयर बजार उकालो लागेको थियो । पौडेलले (असोज २९) पदभार ग्रहण गरेपछि सेयर बजारले स्वागत गरेको थियो । सो दिन नेप्से सूचक १.२९ अंकले बढेर १५६२.४६ बिन्दुमा अडिएको थियो । १ सय ९६ कम्पनीको १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।पौडेलले पहिलोपटक अर्थमन्त्री हुँदा नेप्से परिसूचक उच्च (१८८१) बिन्दुमा पुगेको थियो । अहिले पनि सेयर बजारमा त्यस्तै रौनक आउने संकेत देखिएको छ ।
दशैको विदा अगाडी सकरात्मक उत्साह देखिएको सेयर बजारमा दसैं विदा पछि पनि उत्साह देखिएको छ । दशैं विदा पछि कात्तिक १२ गते बजार नेप्से सूचक आकर्षक हिसाबले ४१.२० अंकले बढेर १६४७.४५ विन्दुमा आइपुग्यो । सो दिन २ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । तिहार विदासम्म कात्तिक २७ गतेसम्म आइपुग्दा कारोबार सम्म नेप्से सूचक १०.८२ अंकले बढेर १७१८.५० विन्दुमा पुगेको छ । १ सय ९८ कम्पनीको ४ अर्ब ८२ करोड भन्दा बढीको कारोबार भएको छ ।
यसलाई आआफ्नो ढंगले व्याख्या गरिएको छ । सेयर बजार अहिले १७ सय विन्दुमा पुगेको छ । कतिपयले सेयर बजार आफ्नै लयमा आएको छ । विष्णु पौडेल जनताका समस्यामा सम्बोधन गर्ने सुरुवात देखाएकाले पनि लगानीकर्ता उत्साहित भएका हुन सक्छन् । पौडेल अर्थमन्त्री भए पछि पूर्व अर्थमन्त्री खतिवडाले गरेका केही गलत काम सच्चाइसकेका छन् । पुस्तकमा भन्सार लगाउने निर्णय हटाएका छन् । निजी क्षेत्र मैत्री व्यवहार देखाउन थालेका छन् । यसले पनि लगानीकर्तामा विश्वास जागेको हुनुपर्छ । यद्यपी सेयर बजार र यो फरक विषय हो । अर्थमन्त्रीको व्यवहार र उनले लिने नीतिगत निर्णयले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले महत्वका साथ हेरिएको छ ।
तर, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार सेयर बजारमा उछाल आउनुमा अर्थमन्त्रीको कारण नभएको बताउँछन् । पौडेल अर्थमन्त्री भएपछि अहिलेसम्म सेयर बजारको बारेमा केही बोेलेका छैनन् । सेयरबजारले प्रत्येक चार वर्षको साइकल पार गरेकाले पनि उत्साह बढेको तर्क गर्नेहरु पनि छन् । कोरोनाले अन्य क्षेत्रतर्फ लगानी गर्ने अवस्था नहुँदा लगानीकर्ता सेयर बजारमा आकर्षित भएको पनि बताइएको छ ।