काठमाडौं आउने नाका सिल गर्न प्रस्ताव

काठमाडौं–राजधानीमा कोभिड संक्रमितको संख्या दिनानुदिन बढेपछि उपत्यका मेयरहरुलाई टाउको दुखाई भएको छ । मुलुकका अन्य जिल्लाको तुलनामा राजधानीमा संक्रमितको संख्या बढेपछि यहाँ आउने नाका सिल गर्न माग गरेका छन् ।

बढ्दो संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यका नगरपालिका फोरमले तिहार र छठलगत्तै उपत्यका प्रवेश गर्ने नाका सिल गर्न सरकार समक्ष प्रस्ताव राखेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

कम्तीमा एक हप्ताअघि पूर्वसूचना दिएर कडा रुपमा काठमाडौंका नाकाहरू सिल गर्न आग्रह गरेको उनले बताए ।

काठमाडौं कोरोनाको हटस्पट बनेको भन्दै महामारी नियन्त्रण गर्न केही समय लकडाउन गर्नुपर्ने पनि उपत्यकाका मेयरको प्रस्ताव रहेको छ ।

प्रतिक्रिया