कांग्रेसको आधिकारिकता रोक्न षड्यन्त्र भइरहेको देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूहरूलाई पार्टीको आधिकारिकता नदिन षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा देउवाले कुनै पनि हालतमा नेपाली कांग्रेसको आधिकारिकता आफूहरूले पाउनुपर्ने भन्दै त्यसलाई रोक्न प्रयास भइरहेको बताए।

राजाको शासनकालमा समेत सर्वोच्च अदालतले राजाको विपक्षमा हुने गरी आफूलाई न्याय दिएको स्मरण गर्दै उनले सर्वोच्च अदालतप्रति आफूलाई विश्वास रहेको बताए। सर्वोच्चबाट पुनरावलोकनको निस्सा पाउनुलाई उनले आधा जितका रूपमा व्याख्या गरे।

देउवाले भने, ‘अहिले पनि कसलाई के भनेर, के गरेर हुन्छ, कुनै पनि हालतमा नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्न कोसिस भइरहेको छ। त्यसलाई हामी कुनै हालतमा मान्दैनौं।’

विशेष महाधिवेशनमा सहभागी हुनेहरूको सनाखत नै नभएको दाबी गर्दै देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्तले समेत आफ्नो ज्यानलाई खतरा भएपछि निर्णय गरेको जिकिर गरे।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय