काठमाडौं । हिजो मात्र नियुक्त भएकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न देश र संस्थाबाट बधाई र शुभकामना आउने क्रम जारी छ। छिमेकी भारतले राति नै विज्ञप्ति जारी गर्दै उनलाई बधाई दिइसकेको थियो। यसैबीच नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले पनि नेपालकी पहिलो महिला प्रध...}
काठमाडौं— लामो राजनीतिक रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार वार्तामा सहमति भएपछि कार्कीलाई आज राति ८:४५ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ।
शीतल निवासमा भएको वार्तामा जेन-जी समूहका प्रत...}
काठमाडौँ — जेन–जी आन्दोलन समूहले प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन प्रमुख दल र सरोकारवालाबीच व्यापक सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेल पनि कार्कीलाई नियुक्त गर्न तयार भए पनि संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा अझै टुंगो...}
राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई संवैधानिक दायराभित्र रही वर्तमान विषम परिस्थितिबाट निकास दिन सकिने उपाय खोजिरहेको बताएका छन्।
विहीबार विज्ञप्ति जारी गर्दै आम नागरिकलाई सम्बोधन गर्ने क्रममा उहाँले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम राख्नका लागि आफू निरन्तर विचार–विमर्श र...}
जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाली सेनाबीच आज वार्ता हुने संभावना देखिएको छ। सेनाले वार्ताका लागि पहल गरेपछि तयारी अघि बढेको भए पनि, वार्ता कहिले र कसबीच हुने भन्ने विषयमा औपचारिक जानकारी अझै सार्वजनिक भएको छैन।
स्रोतका अनुसार, सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वार्ताको पहल गर...}