भारत । नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ। लोक नायक अस्पतालका प्रमुख रितु सक्सेनाका अनुसार घटनामा दर्जनौँ घाइते भएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृह मन्त्री अमित शाह र रेल मन्त्री अश्विनी वैष्णवले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवा...}
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएर नयाँ मूल्य लागू गरेको हो, जसअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य १६५.४० रुपैयाँ, दोस्रो वर्गका क्षेत्रमा १६७ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा १६८ रुपैयाँ पुगेको छ।...}
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार उनीहरूलाई ५-६ प्रतिशत जलन भएको छ, विशेषगरी अनुहारमा जलन गएका कारण उच्च निगरानीमा राखिएको छ। अनुहारको जलनले स्वासनली र फोक्सो...}
काठमाडौं - भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा शुक्रबार राति ठुलो दुर्घटना भएको छ। राति करिब २ बजे छत्तीसगढबाट महाकुम्भतर्फ जाँदै गरेका भक्तजनहरू बोकेको बोलेरो अनियन्त्रित भई अगाडिबाट आइरहेको बससँग ठोक्किएपछि दुर्घटना भएको हो।
यो दुर्घटना प्रयागराज-मिर्जापुर मुख्य सडकको मेजा प्रहरी चौकी क्षेत्र...}
काठमाडौं - नेपाल धितोपत्र बोर्डमा आईपीओका लागि आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ। लामो समयसम्म अनुमति प्रक्रिया रोकिँदा आईपीओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या बढेको हो। यी कम्पनीहरूले कुल ५१ अर्ब ११ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेका छन्। बोर्डमा परेका कतिपय आवेदन दुई वर्षस...}
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा वाणिज्य बैंकहरूले २१ अर्ब रुपैयाँभन्दा बढी शेयर धितो कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ पुससम्म वाणिज्य बैंकहरूबाट कुल ९१ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह भएको छ। यो अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको तु...}
बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुगेसँगै नेपालका सबै ७५३ वटै स्थानीय तहमा वित्तीय सेवा पुगेको छ। एभरेष्ट बैंक लिमिटेडले साइपाल गाउँपालिकामा आफ्नो शाखा स्थापना गरेको हो, जसको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन्।
गभर्नर अधिकारी हेलिकप्टरमार्फत साइपाल पुग...}
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि १४ तारिखसम्म सञ्चालन हुन लागेको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्नुभएक...}
काठमाडौं । सोमबार सेयर बजारमा गिरावट कायम रहँदा नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । लगातार पाँच दिनदेखि बजार ओरालो लागिरहेको छ, जसले कारोबार रकममा समेत असर पुर्याएको छ ।
अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको थियो भने सोमबार ६ अर्ब ९६ करोड रुपैयाँमा सीमित रह्यो ।...}
नेपाल आयल निगमले खाना पकाउने ग्यास परल मूल्यमै बिक्री गर्ने तयारी अघि बढाएको छ। निगमका अनुसार सबै ग्राहकलाई परल मूल्यमै ग्यास बिक्री गरिनेछ भने घरायसी ग्राहकलाई अनुदानको रकम सिधै बैंक खातामा पठाइनेछ। व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा भने अनुदान नपाइने निगमले स्पष्ट पारेको छ।
हाल उपभोक्...}