☰

शेयर बजारमा सामान्य करेक्सन, नेप्से २६९० विन्दुमा

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.४५ अंकले घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको हो ।

बजारमा सामान्य गिरावट आए पनि कारोबार रकम भने उच्च रहेको छ । आज ३४८ कम्पनीका २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता शेयर किनबेच हुँदा कुल ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका अधिकांश उपसमूहको परिसूचक घटेको छ । विकास बैंक, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहमा भने वृद्धि देखिएको छ ।

शुक्रबारको कारोबारमा बेनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै स्वाभिमान लघुवित्तको शेयर मूल्य १२.११ प्रतिशतले उकालो लागेको छ । यसैगरी मेन्छियाम हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ४.०८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३८ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्टको ३० करोड ३९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय