☰

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २६३६ विन्दुमा झर्‍यो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.७९ अंकले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४८ प्रतिशतको गिरावट हो।

मंगलबार बजारमा कुल ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस दिन १ करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर किनबेच भएका छन्।

कारोबारमा आएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। मंगलबार १८५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ८६ कम्पनीको मूल्य बढेको छ। त्यस्तै ९ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

बजारमा बढ्ने कम्पनीको तुलनामा घट्ने कम्पनीको संख्या दोब्बरभन्दा बढी रहेपछि समग्र नेप्से परिसूचक दबाबमा परेको देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय