काठमाडौँ । काठमाडौंको तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव भेटिएको छ ।
महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका अनुसार मंगलबार दिउँसो भिएस निकेतन स्कुल अगाडिको खोलामा एक पुरूषको शव भेटिएको हो । शव भेटिएको खबर पाएपछि निरीक्षकको नेतृत्व प्रहरीको एउटा टोली त्यसतर्फ गएको र शवलाई निकालीएको बताइएको छ ।...}
पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५९ कोरोना संक्रमित थपिएको जानकारी दिए ।
देशैभर कोरोना सक्रिय संक्रमितको संख्या पाँच हजार ९२५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना निको भएर घर फर्कि...}
जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले सरकारलाई फेरि लकडाउन गर्न सुझाव दिएका छन्। काठमाडौं उपत्यकामा लकडाउन खुलेसंगै कोरोना भाइरस संक्रमणदर बढेको भन्दै सरकारलाई पुनः लकडाउन गर्न सुझाव दिएका हुन्।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र जनस्वास्थ्य क्षेत्रका विज्ञहरूसंग भएको छलफलमा यस्तो सुझाव आएको हो। तर,...}
काठमाडौं, साउन २० – नेपाल सौर्य विद्युत् उत्पादक संघले सामुदायिक वनलाई ७० हजार रुपैयाँ सहयोग गरेको छ ।
आफ्नो स्थापनो दिवसको अवसरमा मंगलबार इन्द्रायडी सामुदायिक वनमा वृक्षारोपण गर्दै आर्थिक सहयोग गरेको हो ।
२० औ स्थापना दिवसको अवसरमा इन्द्रायडी सामुदायिक वन, टोखा काठमाडौंमा वृक्षारोपण गरेर सहय...}
बेरुत — मंगलबार साँझ लेबनानको बेरुतमा भएको शक्तिशाली विस्फोटमा दर्जनौंको मृत्यु भएको र हजारौं घाइते भएको अधिकारीहरुले जनाएका छन् । लेबनानका स्वास्थ्य मन्त्री घसान हज्बानीका अनुसार मंगलबार साँझ भएका दुई वटा शक्तिशाली विस्फोटमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने करिब ४ हजार जना घाइते भएका छन् ।
लेबनान...}
पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य बुधबार एक लाख नाघेको छ। साउन २१ गते बुधबार सुनको मूल्य एक हजार ६०० रुपैयाँले बढेर एक लाख एक हजार ४०० रुपैयाँ पुगेको छ।
यसैगरी यसदिन तेजाबी सुन प्रतितोला एक लाख ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार चाँदीको म...}
ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्पको धक्का गएको छ । बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि मंगलबार राति पनि थापाथली केन्द्रबिन्दु भएर ३ रिक्टरस्केल भन्दा कम मापन गरिएको भूकम्पको धक्का ग...}
बितेको २४ घण्टामा नेपालमा थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५७ र ललितपुरका ५ सहित ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० प...}
काठमाण्डौ, २२ साउन– कोरोना संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई दुई जना, काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४...}
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका ८ कर्मचारी आइसोलेसनमा बसेका छन् । उनीहरुको वीर अस्पतालमा पीसीआर परीक्षण गरिएपनि नतिजा आइसकेको छैन ।
सांसदको सार्वजनिक लेखा समितिका सदस्य रहेका सांसद यादव सहितको संसदीय अनुगमन उपसमितिको टोली २ साता अघि सिन्धुली हुँदै सुद...}