आज देशभर हल्कादेखि भारी वर्षाको सम्भावना, केही ठाउँमा हिमपात र हावाहुरी पनि हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज असार ६ गते (शुक्रबार) को मौसमको पूर्वानुमान सार्वजनिक गरेको छ। आज दिनभर देशका विभिन्न भागमा हल्कादेखि भारी वर्षासम्म हुने सम्भावना देखिएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ भने कोसी र मधेस प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

रातिको अवस्थामा पनि लगभग यस्तै स्थितिको पूर्वानुमान गरिएको छ। पहाडी क्षेत्रमा केही स्थानमा र बाँकी भूभागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा रातिको समयमा पनि हल्का वर्षा वा हिमपात हुनसक्ने उल्लेख गरिएको छ।

वर्षा मात्रा (मिमी) वर्गीकरण
१० मिमी भन्दा कम हल्का वर्षा
१० – ५० मिमी मध्यम वर्षा
५० – १०० मिमी भारी वर्षा
१०० – २०० मिमी धेरै भारी वर्षा
२०० मिमी भन्दा बढी अति भारी वर्षा

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय