फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि समायोजन गर्दै पेट्रोल र डिजेल/मट्टितेलमा क्रमशः १ रुपैयाँ र २ रुपैयाँले मूल्य बढाएको छ। नयाँ मूल्य असार १ गते (१५ जुन २०२५) राति १२:०१ बजेबाट लागू भएको छ।

नयाँ समायोजन अनुसार उपत्यकामा लागू हुने नयाँ मूल्य यस्ताे छ:

पेट्रोल: पहिले रु १७४.०० — अब रु १७५.०० प्रति लिटर

डिजेल/मट्टितेल: पहिले रु १७३.०० — अब रु १७५.०० प्रति लिटर

नेपाल आयल निगमका अनुसार, भारतबाट १५ जुन २०२५ मा प्राप्त नयाँ खरिद मूल्यमा वृद्धि भएपछि मूल्य समायोजन गरिएको हो। निगमले जारी गरेको 

नयाँ मूल्य काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर लगायत देशभरका प्रमुख डिपोहरूमा लागू हुनेछ।

प्रतिक्रिया