किसानी दाइदेखि पानी पर्यो सम्म,विष्णु खत्री सधै उत्कृष्ट,यस्तो छ नयाँ गीत (भिडियो सहित)

काठमाडौं । करिब दुई दशकअघि सार्वजनिक भएको ‘किसानी दाइ’ गीतबाट नाम र दुवै कमाउन सफल लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीले त्यसपछि पनि निरन्तर किसानका कथा र माया–प्रेमका विषयमा आधारित गीत संगीतमा प्रस्तुत गर्दै आएका छन्। असार महिनाको सुरुआतसँगै पानी पर्ने भएकोले सोही कुरालाई मध्यनजर गर्दै खत्रीले नयाँ गीत ‘पानी पर्यो’ सार्वजनिक गरेका छन्।

माया–प्रेमको विषयवस्तुमा तयार पारिएको उक्त गीतमा विष्णु खत्रीकै शब्द, संगीत, स्वर र उत्कृष्ट अभिनय देख्न सकिन्छ। खत्रीलाई आवाजमा यसपटक देवी घर्तीले साथ दिएकी छन्। गीतका सबै पक्ष सशक्त देखिएका छन्। उक्त गीत ‘विष्णु खत्री युट्युब च्यानल’मार्फत सार्वजनिक गरिएको हो।

राकेश सोनिको संगीत संयोजन रहेको गीतलाई रविन शाहले निर्देशन गरेका छन् भने अभिनयमा खत्रीलाई सरिता धनकुटीले साथ दिएकी छन्।

 

प्रतिक्रिया