काठमाडौँ — कर्मथलो अमेरिका भए पनि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय लोकप्रिय सर्जक तथा गायक कमल खनालको नयाँ गीत "ताली बजाइ देउ" सार्वजनिक भएको छ।
उत्कृष्ट अडियो र भिडियोसहित तयार पारिएको यो गीत छोटो समयमै दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेको छ। माया–प्रेमलाई विषयवस्तु बनाइएको गीतको शब्द, संगीत र म्युजिक भिडियोले दर्शकलाई आकर्षित गरिरहेको छ।
गीतमा अहिलेका चर्चित गायक कुशल बेलबासे र शान्ती श्री परियारको स्वर रहेको छ भने संगीत संयोजन विश्वास नेपालले गरेका छन्।
भिडियो जेरी भण्डारीको निर्देशनमा तयार पारिएको हो। यसमा रचना न्यौपाने र सुरेश कोहलीको दमदार नृत्यसहितको अभिनय देख्न सकिन्छ।