काठमाण्डौ । नेपाल राष्ट बैंकले पहिलो त्रैमासिक रुपमा गर्ने मौद्रिक नीति समिक्षा आज सार्वजकि गरेको छ । मौद्रिक नीति समिक्षा मार्फत नीतिगत कुराहरुमा खासै परिर्वतन नगरेको देखिएको छ ।
शेयर बजारमा निकैका साथ हेरीएको शेयर धितो कर्जा र मार्जिन लोनको सिमा समेत यथावत राखेको छ । जसले शेयर बजारमा केहि ठुला ब्यक्तिहरुको पहुँचलाई रोक्ने अनुमान गरिएको छ । शेयर बजारलाई ४।१२ को सीमाले खासै असर नगरे पनि यसलाई आवश्यकता भन्दा धेरै उचालेको धेरैको बुझाई छ ।
राष्ट बैंकले तरलता ब्यवस्थापनको लागि सीडी रेसियो लाई परिर्वतन गरि सीसीडी रेसियो कायम गर्ने अनुमान गरे पनि सबैको अनुमान विपरित यो ब्यवस्थालाई यथावत राखेको छ । ब्याज दर नियन्त्रणमा पनि कुनै नयाँ कुरा आएको छैन ।
अहिलेको प्रमुख समस्या भनेको तरलता अभाव हो । केन्द्रीय बैंकले तरलता अभाव समाधान गर्न प्रत्यक्ष रुपमा केही पनि बोलेको छैन । तर अप्रत्यक्षरुपमा सीडी रेसियोमा केही लचकता दिइएको पाइन्छ । सीडी रेसियो ९०५ लाई यथावत गरिएको छ ।