काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासिक मौद्रिक नीति सार्वजनिक गरेको छ ।
सार्वजनिक समीक्षामार्फत राष्ट्र बैंकले चालु मौद्रिक नीतिमा कायम गरिएको व्यवस्था यथावत नै रहेको जनाएको छ। सीडी रेसियो र सेयर धितो कर्जाको ४–१२ को क्यापमा यथावत राखेको छ ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीति लामो अध्ययन–अनुसन्धानबाट ल्याइएको हुनाले अहिले परिस्थितिमा तत्काल कुनै परिमार्जन गर्नुपर्ने आवश्यक राष्ट्र बैंकले नदेखेको बताए।