काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रताप सुवेदी नियुक्त भएका छन्।
आज बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सुवेदीको नियुक्तिसम्बन्धी जानकारी पुष्टि गरेका छन्।
नेप्सेको सीईओ पदका लागि चार जना प्रतिस्पर्धी रहेका थिए। प्रतिस्पर्धामा प्रताप सुवेदी, नवराज सापकोटा, नारायण सापकोटा र अनिल राज पौडेल सहभागी थिए।
चार प्रतिस्पर्धीमध्ये सरकारले सुवेदीलाई छनोट गर्दै नेप्सेको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो।