काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत केसीले अब संगठनको नेतृत्व सम्हाल्ने भएका छन्।
केसीलाई आईजीपी नियुक्त गर्ने निर्णयसँगै वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको जिम्मेवारी पनि परिवर्तन गरिएको छ। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।
सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ।