काठमाडौं । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १५५ पुगेको छ । मंगलबार साँझसम्म १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा १३३ पुरुष र २२ महिला छन् ।
हालसम्म कोरोना संक्रमणले दुईजनाको ज्यान गइसकेको छ । १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । संक्रमितमध्ये कैलाली...}
जेठ महिनामा मात्र छिमेकी मुलुक भारतबाट करीब २ लाख २२ हजार नेपाली स्वदेश फर्किएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।
वैशाख महिनामा ७ हजार नेपाली स्वदेश फिर्ता भएकोमा जेठमा त्यो संख्या बढेर २ लाख २२ हजार पुगेको उनले बताए ।
बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले भारतबाट स्वदेश...}
भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका अर्घाखाँचीका एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याव्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा १५ दिनयता बस्दै आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उनको हिजो स्वास्थ्य...}
पोखरा । स्याङ्जा, बाग्लुङ, कास्की र नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा गरी थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जामा १०, बाग्लुङमा १, कास्कीमा ३ र नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा ३ गरी थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी...}
चितवनस्थित भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा एक युवकको मृत्यु भएको छ । ११ दिनअघि भारतबाट माडी आएका २७ वर्षीय युवकको शनिबार मृत्यु भएको अस्पतालका डाक्टर प्रमोद पौडेलले बताए ।
‘आज बिहान एक्कासी समस्या देखिएपछि भेन्टिलेटरमा सार्यौं,’ डाक्टर पौडेलले भने, ‘तर स्थिति थप नाजुक भएपछि उहाँको साढे...}