काठमाडौं– एनसेलले २२ अर्ब रुपैयाँ ऋण लिन क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालमा गराइएको क्रेडिट रेटिङलाई ए एक रेटिङ दिइएको छ । एनसेलले नेपालका बैंक तथा वित्तीय संस्थाबाट बिना धितो १५ अर्ब २२ करोड रुपैयाँ दीर्घकालिन ऋण र १२ अर्ब रुपैयाँ अल्पकालिन ऋण लिइसकेको छ । एनसेलले उक्त ऋण तीन बर्ष अघि नै लिएको थियो ।
इक्राले आफ्नो रेटिङमा पछिल्लो तीन वर्षमा कम्पनीको आम्दानी घटिरहेको देखाएको छ । सन् २०२२ मा ३९ अर्ब आम्दानी गरेकोमा सन् २०२३ मा ३७ अर्ब र सन् २०२४ मा ३४ अर्ब (अन अडिटेड) आम्दानी गरेको देखाइएको छ ।