फरवार्ड माइक्रोफाइनान्सको लगानीकर्ता खुसी बनाउने लाभांस,नगद र बोनस कति ?

काठमाण्डौ । वित्तिय क्षेत्रमा अग्रणी लद्युवित्त कम्पनी फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बम्पर लाभांश घोषणा गरेको छ।


लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर सहित ७ प्रतिशत नगद लाभांश गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल लघुवित्तको चुक्ता पूँजी ६२ करोड ५छ लाख १९ हजार २५० रुपैयाँ रहेको छ। ३५ प्रतिशतका दरले २१ करोड ८९ लाख ३१ हजार ७३७ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ८४ करोड ४४ लाख ५० हजार ९८७ रुपैयाँ ५० पैसा कायम हुनेछ।

प्रतिक्रिया