काठमाण्डौ । नेकपा एमालेको चितवनमा जारी १० औं महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ । अध्यक्ष ओलीले सम्पुर्ण अधिकारी आँफुमा लिएर नाम सिफारीस गरे पनि त्यसलाई बैधानिकता दिने प्रक्रिया सुरु भएको हो । अहिले मनोनयन दर्ताको काम भइरहको छ ।
अध्यक्षमा केपी शर्मा ओली र भिम रावलको प्रतिस्पर्धा हुने भएको छ । विहान दश बजे नै दुवै अध्यक्षका दावेदारले आफ्नो मनोनयन दर्ता गरेका हुन । सोमबार राती अध्यक्ष ओलीले ३ सय १ जनाको केन्द्रि कमिटिको नाम घोषणा गरेका थिए । जुन कुराको उपाध्यक्ष भिम रावल र अर्का नेता घनश्याम भुषालले विरोध गरेका थिए ।
त्यस्तै नेकपा एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन् । एमालेको जारी १० औं महाधिवेशनअन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् ।