काठमाण्डौ । आज मात्र २० प्रतिशत नगद तथा २० प्रतिशत बोनस शेयर घोषणा गरेको नेपाल दुरसञ्चार कम्पनीको शेयर मूल्य आज ठुलो अङ्कले घटेको छ ।
यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्य प्रति शेयर ३३ रुपैयाँले घटेर १६८० रुपैयाँमा कारोबार भइरहेको छ । १७४८ रुपैयाँमा खुलेको कम्पनीको कारोबार केही समय सामान्य बढे पनि त्यसपछि भने घटेको छ । यो समाचार तयार पार्दा सम्म नेप्सेमा पनि दवाव रहेको हुँदा शेयर मूल्य घटेको अनुमान गर्न सकिन्छ ।
त्यसमाथि यो कम्पनीको शेयरमा बोनस पाइने इनसाइट खबरले शेयर मूल्य पहिलानै उच्च भइसकेको कतिको बुझाई छ । एनटिसीले पहिलो पटक आफ्ना लगानीकर्ताको लागि बोनस शेयर दिन लागेको हो । यस अघि भने नगद लाभांश दिँदै आएको थियो ।