दुर्गा प्रसाईँविरुद्ध कारबाहीका लागि निर्वाचन आयोगले गर्यो साइबर ब्युरोलाई पत्र

काठमाडौं । निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको छ । आयोगका अनुसार सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमार्फत तथ्यहीन आरोप लगाई भ्रम सिर्जना गरिएको ठहर गर्दै यो निर्णय गरिएको हो ।

आइतबार भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले गगन थापा पक्षले ५२ करोड रुपैयाँ दिएर आयोगबाट मान्यता पाएको आरोप लगाएका थिए । उक्त अभिव्यक्तिले निर्वाचन प्रक्रियाप्रति गलत सन्देश जाने भन्दै आयोगको आइतबार बसेको बैठकले साइबर कानुनअन्तर्गत अनुसन्धान र कारबाही अघि बढाउन पत्राचार गर्ने निर्णय गरेको जनाएको छ ।

आयोगका एक उच्च स्रोतका अनुसार प्रसाईँले विभिन्न व्यक्तिलाई लक्षित गर्दै प्रमाणविहीन आरोप सार्वजनिक रूपमा लगाएको जानकारी प्राप्त भएपछि आयोग गम्भीर बनेको हो । निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा जिम्मेवारीबिनाका आरोप सह्य नहुने भन्दै आयोगले कानुनी बाटो अपनाएको स्रोतले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय