रवि लामिछाने फेरि चार दिनका लागि हिरासतमा

काठमाडौं:कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले आइतबार लामिछाने र सहआरोपी छविलाल जोशीलाई पूर्ण स्वास्थ्य परीक्षण गर्न पनि निर्देशन दिएको छ। साथै, हिरासतमा रहँदा मानवअधिकार उल्लङ्घन नगर्न आदेश दिइएको छ।

लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता शुसिल पन्त, हरि सुवेदी र अधिवक्ता डा. नारायण कँडेलले बहस गरेका थिए।

लामिछानेलाई कात्तिक २ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी कास्की पठाएको थियो। सहकारी रकम अपचलनको आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया