ग्लोबल आइएमई बैंकद्वारा महिला उद्यमीका लागि विशेष कर्जा योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलाई लक्षित गर्दै ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ। विशेष रूपमा महिला उद्यमीलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित ल्याइएको यस कर्जाले रोजगारीको विकास, सामाजिक उत्थान तथा स्थानीय समुदायको आर्थिक सशक्तिकरणमा टेवा पुर्‍याउनेछ।

बैंकले महिलाहरूलाई उद्यमशील बनाउन तथा व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्दै कृषि, उत्पादन, प्रसोधन तथा बजारीकरण क्षेत्रमा महिला नेतृत्वका घरेलु, साना तथा मझौला उद्योगलाई विशेष प्राथमिकता दिनेछ। यस योजनाअन्तर्गत न्यूनतम ब्याजदरमा अधिकतम १० करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराइनेछ।

यस योजनामा कम्तीमा ५० प्रतिशत स्वामित्व महिला भएको र उनीहरुकै नेतृत्वमा सञ्चालन भएका व्यवसायहरू मात्र योग्य हुनेछन्। साथै, कर्जा लिने उद्यमीलाई बैंकले ‘उद्यमी डिजिटल उपहार’ समेत प्रदान गर्नेछ।

ग्लोबल आइएमई बैंकले हालै ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ जित्दै नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा मान्यता पाएको छ। निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा, बैंकले ७७ वटै जिल्लामा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।

बैंकका ३५५ शाखा, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, ३ विदेशस्थित प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्र मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। साथै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, मध्यपूर्वका विभिन्न मुलुक लगायतबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया