काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् ।
विहान सम्ममा ७० हजार ९६० मत गनिसक्दा बालेनले २६ हजार ८३८ मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्थापितले १४ हजार २७७ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले १३ हजार ६७३ मत ल्याएकी छन् ।
अहिले काठमाडौंका ६, ७, ८, २७, २८, २९, ३१, ३२ नम्बर वडाको मतगणना भइरहेको छ। १, २, ३, ४, ५ र ३० को मतगणना सकिइसकेको छ।
गणना भइरहेका वडाहरूमध्ये २७ र २८ मा स्थापितले सरूआती अग्रता लिएका छन्। यी दुवै वडामा सिर्जना दोस्रो स्थानमा छिन् भने बालेन तेस्रोमा।
बालेन शाह स्थापित भन्दा १२ हजार धेरै मतले अघि रहेका छन् ।