काठमाण्डौ । साताको दोस्रो दिन सोमबार प्रिओपन सेसनमा नेप्से करिव १५ अंकले बढेर समग्र बजार २८५२ विन्दुमा पुगेको छ ।
आज नेप्से र कारोबार रकम दुवैमा आक्राम बृद्धि भएको छ । ५७ कम्पनीहरुको आज ९७ लाख ७१ हजार भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको घटेको छ साथै ७ कम्पनीको शेयर मुल्य भने यथावत रहेको छ ।
कारोबार भएका मध्य आज सातौ दिन लगातार नेप्सेमा बृद्धिहुँदा एनआईसी एसिया बैंकको शेयर सबै भन्दा धेरै मूल्यको खरिद विक्री भएको छ ।