काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार हुने भनिए पनि कारोबार हुन भने सकेन । स्पेशल प्रिओपन सेसनमा एक कित्ता पनि कारोबार म्याच नभएपछि दोस्रो बजारमा प्रवेश गर्ने यात्रा आजको लागि रोकिएको छ । भोलि पुन कम्पनीको स्पेशल प्रिओपन सेसनमा कारोबार खुल्ला गरिने छ । कारोबार म्याच भए कम्पनीको शेयर किनबेच गर्ने बाटो खुल्ने छ ।
कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो । कम्पनीले पहिलो कारोबार को लागि नेप्सेबाट प्रतिकित्ता रू। १६४ दशमलव ६० देखि ४९३ दशलमव ८० मूल्य तोकेको छ ।नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गर्नका लागि शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको हो।
कम्पनीले नेप्सेमा कारोबारका लागि जाल्पा सिम्बोल पाएको छ ।