गोंगबुमा प्रहरीको छापा: घरधनीकै कोठाबाट ४ करोड नगद र सुन बरामद

काठमाडौँ .- काठमाडौँको गोंगबु क्षेत्रमा रहेको एक घरमा प्रहरीले छापा मार्दा करिब ४ करोड रुपैयाँ नगदसहित केही परिमाणको सुन बरामद गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले पक्राउ गरेको व्यक्ति सो घरकै मालिक ७७ वर्षीय विनोदकुमार श्रेष्ठ भएको खुलेको छ।

उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालका अनुसार बरामद रकमको स्रोत खुल्न सकेको छैन। भन्सार छलेर ल्याइएका गरगहना भण्डारण र त्यसकै बिक्रीबाट प्राप्त रकम हुनसक्ने प्रहरीको अनुमान छ।

तर, नगद र गरगहना भण्डारणमा संलग्न व्यक्ति र कारोबार गर्ने अन्य व्यक्तिहरुको पहिचान अझै नभएको प्रहरीले जनाएको छ। प्रहरीले बरामद रकम अवैध भएको पुष्टि गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय