हकप्रद सेयर निस्कासन गर्ने २ कम्पनी थपिए

काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले  हकप्रद सेयर निष्कासन गर्न सेबाेनबाट अनुमति पाएका छन्  । 

१. कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको थियाे । बाेर्डले पाैष १ गते अनुमति प्रदान गरेकाे हाे । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेकाे हाे । बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।

२. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै वैशाख १५ गते बोर्डमा निवेदन दिएको थियाे । बाेर्डले पाैष १ गते अनुमति प्रदान गरेकाे हाे । कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

प्रतिक्रिया